मधेस प्रदेश : शनिबार २७ जना संक्रमणमुक्त, ४ नयाँ संक्रमित थपिए

जनकपुरधाम, ७ फागुन । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४५६ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा प्रयोगशालाहरुमा ६८ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा ३ जना (४.४१%), नाकाहरुमा ३८५ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा १ जना (०.२६%) र स्थानीय तहहरुमा ३ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना गरी कुल शंकास्पद ४५६ जनाको परिक्षण गर्दा जम्मा ४ जना (०.८८%) संक्रमित फेला परेका हुन् ।
पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ३६७ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६१ पुगेको छ । त्यस्तै, ३९ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ । जसमध्ये ८९२ जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ३ जना आइसियू र ३ जना एचडियूमा उपचाररत् छन् ।
मृतक १ हजार ६१ मध्ये सप्तरीका १६१, सिरहाका १३७, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १३०, बाराका १८१, पर्साका १३५ र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७७१ र महिला २९० रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


