काठमाडौं, ७ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ३ हजार ५५८ नमूनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने १ हजार २७२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।

नेपालमा कूल संक्रमित मध्ये ९ लाख ५० हजार ५६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् । यता, थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।