मधेस प्रदेश : ५०३ को परीक्षण गर्दा १० नयाँ संक्रमित थपिए, ५१ जना संक्रमणमुक्त

जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा प्रयोगशालाहरुमा १३३ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १० जना (७.५२%), नाकाहरुमा ३६६ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना र स्थानीय तहहरुमा ४ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना गरी कुल शंकास्पद ५०३ जनाको परिक्षण गर्दा जम्मा १० जना (२%) संक्रमित फेला परेका हुन् ।
संक्रमितमध्ये महोत्तरीका ३, सर्लाही र रौतहटका २/२ तथा बारा, पर्सा र सप्तरीका १/१ जना रहेका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ३६४ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६१ पुगेको छ । त्यस्तै, ३९ हजार ३८० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या ९२३ रहेको छ । जसमध्ये ९१५ जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ३ जना आइसियू र ४ जना एचडियूमा उपचाररत् छन् ।
मृतक १ हजार ६१ मध्ये सप्तरीका १६१, सिरहाका १३७, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १३०, बाराका १८१, पर्साका १३५ र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७७१ र महिला २९० रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


