२३७ यात्रु बोकेको क्रुज जहाजमा लाग्यो आगो

एजेन्सी, ६ फागुन । भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झण्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ ।
जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ ।
जहाजका यात्रुलाई उद्दार गर्न तीनवटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको बताइएको छ ।
क्षतिबारे विवरण सार्वजनिक भएको छैन । आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको छ ।
तस्बिर : सांकेतिक
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


