काठमाडौं, ६ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ ।

एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ गतेका लागि विशेष साधारणसभा तय गरेको थियो ।

साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराइएको छ ।