काठमाडौं, ६ फागुन । नेपालका साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्यका छोराछोरीलाई प्रशिक्षार्थी कृषि अध्ययनका लागि इजरायल पठाउन नेपालस्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एवं नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिइयो झलेन्द्र भट्टराईसँगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोनाका कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफू प्रतिवद्ध रहेको बताए ।

उनले नेपाली साना किसान सदस्यहरुको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रूपान्तरणमा खेलेको भूमिकाले आफूहरूलाई खुसी लागेको बताए ।

नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताए ।