काठमाडौं, ५ फागुन । सरकारले २ हजार ३ सय विद्यालयमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि २ हजार ३ सय विद्यालयमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।

शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ३ वर्षभित्र देशभरका सबै विद्यालयमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको स्पष्ट पारे ।

मन्त्री पौडेलले सार्वजनिक विद्यालयको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए । उनले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए ।

मन्त्री पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए ।