ज्यान्सन खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन पाउने

काठमाडौं, ५ फागुन । जन्सन एण्ड जन्सन खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै जन्सन एण्ड जन्सन खोप लगाएकाले पनि बुस्टर मात्रा लगाउन पाउने जनाएको हो ।
अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जन्सन एण्ड जन्सन खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्ने मन्त्रालयले जनाएको छ । पाएसम्म जन्सन एण्ड जन्सन नै लगाउन मन्त्रालयको अनुरोध छ ।
यदि उक्त खोप नपाएमा जन्सन एण्ड जन्सन लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रूपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


