एजेन्सी, ५ फागुन । वेस्ट इण्डिजविरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको छ । बुधबार राति भएको खेलमा वेस्ट इण्डिजले दिएको १५८ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

उसका लागि कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५, सूर्यकुमार यादवले ३४, वैंकटेश अय्यरले अविजित २४ र विराट कोहलीले १८ रन बनाए । वेस्ट इण्डिजको लागि रोस्टन चेसले दुई, फाबियन आलेन र सेल्डन कोट्रेलले एक÷एक विकेट हात पारे ।

त्यसअघि कोलकाताको इडेन गार्डन मैदानमा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि विकेटकीपर निकोल पूरनले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा पाँच छक्का र चार चौकासहित ६१ रन बनाए ।

त्यस्तै, कायल मेयर्सले ३१, कप्तान कायरण पोलार्डले अविजित २४ र अकिल होसेनले १० रनको योगदान दिए । भारतका रवि विश्नोई, हर्षल पटेलले दुई÷दुई, भुवनेश्वर कुमार, युजवेन्द्र चहल, हर्षल पटेल र दीपक चाहरले एक÷एक विकेट हात लिए ।

यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको । यी दुई टोलीबीचको दोस्रो टी–२० म्याच शुक्रबार हुनेछ ।