काठमाडौं, ५ फागुन । सहीद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीले संकटा क्लबलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि २८ औं मिनेटमा स्टेफेन समिरले गोल गरे ।

जितपछि एनआरटीले संकटालाई अंकतालिकामा समेत पछि पारेको छ । एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ ।

संकटा ११ खेलबाट १५ अंकसहित छैटौँ स्थानमा झरेको छ ।