काठमाडौं, ४ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ र २ हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने १ हजार ६०० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ ।त्यस्तै, ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन् । जसमध्ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।