म्यानचेस्टर युनाइटेडद्वारा ब्राइटनमाथि २–० को सहज जित

एजेन्सी, ४ फागुन । इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा घरेलु टोली म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सिमित ब्राइटनमाथि २–० को सहज जित हात पारेको छ ।
ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेसले एक–एक गोल गरे ।
खेलको ५१ औं मिनेटमा रोनाल्डोको गोलमार्फत् युनाइटेडले अग्रता लिएको थियो ।
५४ औं मिनेटमा लुइस डन्कले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ब्राइटन १० खेलाडीमा सिमित बन्यो ।
थप गरिएको समयमा फर्नान्डेसले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए ।
यो जितसँगै युनाइटेड २५ खेलमा ४३ अंकका साथ चौथो स्थानमा उक्लिदाँ पराजित ब्राइटन २४ खेलबाट ३३ अंक जोडेर नवौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


