शीतकालीन ओलम्पिकमा नर्वेको अग्रता कायमै

एजेन्सी, ४ फागुन । चीनको बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा नर्वेले आफ्नो अग्रता कायमै राखेको छ ।
शीर्ष स्थानको नर्वेले १२ स्वर्ण, सात रजत र सात कास्यसहित कुल २६ पदक हात परेको छ । उसलाई पछ्याइरहेको जर्मनीको नौ स्वर्ण, ६ रजत र तीन कास्यसहित कुल १८ पदक छ ।
आठ स्वर्ण, सात रजत र चार कास्यसहित कुल १८ पदक हात पारेको अमेरिका तेस्रो स्थानमा रहँदा चौथो स्थानको अस्ट्रियाले ६ स्वर्ण, ६ रजत र चार कास्यसहित १६ पदक जितेको छ ।
६ स्वर्ण, चार रजत र तीन कास्यसहित १३ पदक जितेको नेदरल्यान्ड्स पाँचौं स्थानमा रहँदा ६ स्वर्ण, ४ रजत र दुई कास्यसहित १२ पदकका साथ आयोजक चीन छैटौं स्थानमा छ ।
सातौं स्थानको स्विडेनले पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित १२ पदक हात पार्दा पाँच स्वर्ण र पाँच रजतसहित कुल १० पदक हात पारेको स्विट्जरल्यान्ड आठौं स्थानमा छ ।
चार स्वर्ण र सात रजत र नौं कास्यसहित सहित कुल २० पदक जितेको रसियन ओलम्पिक कमिटी नैवौं स्थानमा रहँदा तीन स्वर्ण, सात रजत र दुई कास्यसहित १२ पदक जितेको फ्रान्स १० औं स्थानमा छ ।
इटालीले दुई स्वर्ण, ६ रजत र पाँच कास्य, जापानले दुई स्वर्ण, पाँच रजत र सात कास्य जित्दा क्यानडाको दुई स्वर्ण, चार रजत र ११ कास्य तथा स्लोभेनियाको दुई स्वर्ण, तीन रजत र दुई कास्य छ ।
दक्षिण कोरियाले एक स्वर्ण, तीन रजत र एक कास्य, अस्ट्रेलियाले एक स्वर्ण, दुई रजत र एक कास्य हात पार्दा फिनल्यान्डको एक स्वर्ण, एक रजत र दुई कास्य छ ।
न्युजिल्यान्डले समान १ स्वर्ण र रजत, हंगेरीले एक स्वर्ण र दुई कास्य जित्दा चेक गणतन्त्रले समान एक स्वर्ण र कास्य हात पारेको छ ।
स्लोभाकियाको एक स्वर्ण रहँदा बेलारुसको दुई रजत पदक छ । स्पेनले एक रजत पदक जित्दा बेल्जियम, इस्टोनिया, लात्भिया र पोल्यान्डको नाममा समान एक कास्य पदक छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


