स्थानीय तहको निर्वाचनमा ६ राजनीतिक दलका उम्मेदवारले मात्रै आफ्नो दलको चुनाव चिन्ह् पाउने

काठमाडौं, ४ फागुन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिन्ह् पाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार चुनाव चिन्ह् प्रदान गर्नेछ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था छ । जहाँ प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जितेका दलहरुलाई मात्रै राष्ट्रिय दलको मान्यता पाउने उल्लेख छ ।
यस्तो दलको संख्या ६ छ । नेकपा एमाले (सूर्य), नेपाली कांग्रेस (रुख) नेकपा माओवादी केन्द्र (गोलाकारभित्रको हँसिया हथौडा), नेकपा एकीकृत समाजवादी (कलम), जनता समाजवादी पार्टी (छाता) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (साइकल) रहेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा राष्ट्रिय दलका उम्मेदवारलाई मात्र दलीय निर्वाचन चिन्ह् दिइने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


