कोरोनाविरुद्धको खोप अभियानमा गम्भीर लापरवाही

काठमाडौं, ३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले कोरोनाविरुद्धको खोप अभियानमा गम्भीर लापरवाही भएको बताएको छ ।
खोप छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेकोले धेरै खोप प्रयोग गर्न नमिल्ने बताएको छ ।
समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव दिएको छ ।
कोरोनाविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


