मंगलबार ६८० नयाँ संक्रमित थपिए, १ हजार ८३५ जना संक्रमणमुक्त

काठमाडौं, ३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ६८० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ र २ हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन् । जसमध्ये १९ हजार ९८२ जना होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७४ जनाको आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ । त्यस्तै ९ लाख ४२ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


