आईसीसी टी–२० विश्वकप : करण केसीको ठाउँमा गुल्सन झा खेल्ने

काठमाडौं, ३ फागुन । आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले खेल्ने भएका छन् ।
ग्लोबल क्वालिफायर्स खेल्न ओमान पुगिसकेका करण ढाडको समस्याका कारण खेल्न नसक्ने भए पछि उनको ठाउँमा गुल्सन झालाई पठाउन लागिएको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
उनका अनुसार, करणको मेडिकल रिपोर्टहरुले उनी खेल्न नसक्ने देखिएपछि गुल्सन झालाई ओमान पठाउने निर्णय भएको हो ।
चोटका कारण करणले सोमबार आयरल्याण्डसँग भएको चार देशीय टी–२० सिरिज पनि खेल्न सकेका थिएनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


