लालुप्रसाद यादव चारा घोटालाको अन्तिम मुद्दामा दोषी ठहर

एजेन्सी, ३ फागुन । लालुप्रसाद यादव चारा घोटालाको अन्तिम मुद्दामा दोषी ठहर भएका छन् ।
भारतको सबैभन्दा ठूलो ९५० करोड रुपैयाँको चारा घोटाला (डोरान्डा ट्रेजरीबाट १३९.३५ करोड रुपैयाँ घोटाला) मा मंगलबार फैसला आएको हो ।
विशेष सीबीआई अदालतले आरजेडी प्रमुख लालु यादवसहित ७५ आरोपीलाई दोषी ठहर गरेको छ । योसँगै २४ जनाले सफाइ पाएका छन् । सजाय फेब्रुअरी १८ मा घोषणा हुनेछ ।
अहिले अदालत परिसर आरजेडी नेताहरूले भरिएको छ । सुरक्षा व्यवस्था कडा पनि पारिएको छ ।
यसअघि अदालतले लालुलाई चारा घोटाला (एक देवघर, दुम्का ट्रेजरीका दुई फरक खण्ड र चाइबासा ट्रेजरीसँग सम्बन्धित दुई मुद्दा) मा दोषी ठहर गरेको थियो ।
उनी यसअघिका सबै मुद्दामा धरौटीमा छुटे पनि अदालतको मंगलबारको फैसलाले उनी फेरि जेल जानुपर्ने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


