एजेन्सी, २ फागुन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राहुल गान्धी र प्रियंका गान्धीमाथि निकै व्यंग्य गरेका छन् । उनले भारतीय कांग्रेस सकाउनका लागि भारतमा यी दुई भाइबहिनी नै काफी भएको र अरुको आवश्यकता नपर्ने बताएका छन् ।

कुनै समय भारतीय कांग्रेसका अध्यक्षसमेत बनेका राहुल गान्धी र भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीबारे पछिल्लो समय भारतीय कांग्रेसभित्रै पनि विरोध सुनिन थालेको छ ।

भारतीय समाचार एजेन्सी एएनआईलाई दिएको एक अन्तर्वार्तामा योगी आदित्यनाथले भनेका छन्, ‘कांग्रेस डुबाउनका लागि दुई जना भाइ बहिनी नै पर्याप्त छन् ।’ उनले यस्तो अवस्थामा कांग्रेसलाई समर्थन गरेर उत्तराखण्डका लागि बोझ बनाउन किन जनता चाहिरहेका छन् भनेर पनि प्रश्न गरेका छन् ।

योगी आदित्यनाथले पछिल्लो समय भारतीय कांग्रेसविरुद्ध निकै व्यंग्य गर्न थालेका छन् ।