एजेन्सी, २ फागुन । चीनको राजधानी शहर बेइजिङमा भारी मात्रामा हिमपात भएको छ । सो हिमपातले बेइजिङ जारी ओलम्पिकलाई पनि प्रभाव पारेको बताइएको छ ।

ओलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको जनाइएको छ । यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँपर्ने जनाइएको छ ।

तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो । बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ ।

त्यस्तै, नागरिकहरूलाई सतर्कता अपनाएर बाटो हिँड्न या सवारी सञ्चालन गर्न भनिएको छ ।