काठमाडौं, २ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ र २ हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३१९ जन संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् ।

यस्तै हालसम्म कोरोनाबाट कुल ११ हजार ९०० जनाको मृत्यु भएको छ ।

हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् । जसमध्ये १९ हजार ९३० संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका विरामी मध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।