कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको उद्घाटन

काठमाडौं, २ फागुन । नेपालका लागि जर्मनीका राजदूत डा.थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको उद्घाटन गरेका छन् । नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।
सो अवसरमा राजदूत प्रिन्जले जर्मनी सरकारले विकास सहयोग अन्तर्गत नेपालका विभिन्न परियोजना लामो समयदेखि नेपालको ऊर्जा क्षेत्र, स्थानीय सरकारको सवलीकरण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
उनले बाल चिकित्सालाई सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताए । नेपालमेड इभि जर्मनीका अध्यक्ष डा.आर्ने ड्रिउजले सो संस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, मानव संशाधन विकास र दक्षता अभिवृद्धिमा सहयोग गर्दै आएको जनस्तरबाट भएको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउँदै लैजाने बताए ।
फेक्ट नेपालका अध्यक्ष डा.भरत प्रधानले जर्मनीमा विभिन्न क्षेत्रमा कार्यरत नागरिकको पहलमा स्थापित नेपालमेड संस्थाले २०७२ सालको महाभूकम्पपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


