एनएसल फुटबल प्रतियोगिताको आगामी संस्करणका लागि तीन नयाँ टिम थपिए

काठमाडौं, २ फागुन । नेपाल सुपर लिग (एनएसल) फुटबल प्रतियोगिताको आगामी संस्करणका लागि तीन नयाँ टिम थप भएका छन् ।
यसअघि ७ टिम रहेकोमा अब थप ३ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ ।
नयाँ टिममा झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगन्ज युनाइटेड एफसी रहेका छन् ।
झापाको टिम मालिकमा विक्रम थापा रहेका छन् । यस्तै इलामको टिम मालिकमा सुहान नेम्बाङ र पियुश न्यौपाने तथा वीरगन्जको टिम मालिकमा अरबिन्द्र अमात्य, अनिल गुप्ता र अरबिन्द बराल रहेका छन् ।
यसअघि विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले पहिलो संस्करणमा प्रतिस्पर्धा गरेका थिए ।
दोस्रो संस्करणको प्रतियोगिता आगामी चैत अन्तिम सातादेखि हुने भनिएको छ ।
नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिता आगामी चैत २६ गतेदेखि जेठ ७ गतेसम्म हुने बताइएको छ ।
प्रतियोगिता पोखरा र काठमाडौंमा हुने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


