इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी

एजेन्सी, २ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ ।
लिभरपुलले रेलिगेसन क्षेत्रको पुछारमा रहेको बर्नलेलाई उसकै मैदानमा १–० ले पराजित गर्दै शीर्ष स्थानको म्यान्टेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ ।
बर्नलेको मैदानमा लिभरपुललाई जिताउन मिडफिल्डर फाविन्होले निर्णायक गोल गरे ।
खेलको ४० औं मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले अगाडि रहेको लिभरपुलले उक्त अग्रता जोगाउँदै महत्वपूर्ण जित निकालेको हो ।
जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानेचस्टर सिटीसँगको अंक दुरी ९ मा छोट्याएको छ ।
दोस्रो स्थानमा रहेको लिभरपुलको २४ खेलबाट ५४ अंक पुगेको छ । एक खेल बढी खेलेको सिटीको ६३ अंक छ । पराजित बर्नले २१ खेलबाट १४ अंक जोडेर पुछारमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


