आइतबार ५२१ नयाँ संक्रमित थपिए, ३ हजार ९३५ जना संक्रमणमुक्त

काठमाडौं, १ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२१ र ४ हजार ७८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


