‘ए’ डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पाले अंक बाँडे

काठमाडौं, १ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन् ।
खेलको १९ औं मिनेटमा एनआरटीका सनम लिम्बूको क्रसमा स्टेफन समिरले सुवर्ण अवसर पाए पनि नियन्त्रणमा लिन नसक्दा हिमालयनका गोलरक्षक दीप कार्कीले सहजै बचाए ।
२५ औं मिनेटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठको फ्रिकिकलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए ।
५३ औं मिनेटमा आशिष गुरुङको प्रहारलाई गोलरक्षक अजितले पञ्च गर्दै बाहिर पठाउँदा हिमालयान अग्रता लिनबाट चुक्यो ।
यो नतिजासँगै एनआरटी १० खेलमा १४ अंकका साथ छैटौं र हिमालयन समान खेलमा १२ अंक जोडेर आठौं स्थानमा यथावत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


