काठमाडौं, २९ माघ । आइतबारदेखि शैक्षिक संस्थाहरू खुल्न लागेका छन् ।

कोरोना संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्न पाउने निर्णय गरेको थियो । सोही निर्णय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा सर्कुलर गरेको हो ।

’विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फागुन १ गतेबाट सञ्चालन गर्ने,’ केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।