काठमाडौं, २९ माघ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका २०७ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० जना नयाँ संक्रमित थपिएका हुन् ।

यसैगरी काठमाडौं उपत्यकामा १० हजार ६७७ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ६ हजार ४८, ललितपुरमा ३ हजार २८० र भक्तपुरमा १ हजार ३४९ सक्रिय संक्रमित छन् ।