काठमाडौं, २९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ र २ हजार ३९४ नमूनाको एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन् भने १ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या ९ लाख २४ हजार ६४८ पुगेको छ भने अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८८२ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार ८३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।