पोल्याण्डमा थप ३ हजार सैनिक पठाउन आदेश

एजेन्सी, २९ माघ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३ हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ ।
ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ’कुनै पनि समय’ आक्रमण गर्न सक्ने बताए । ’जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ’ उनले भने ।
मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ । ’राष्ट्रपतिको निर्देशनमा अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औं एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३ हजार सिपाहीलाई पोल्याण्ड पठाउन आदेश दिएको,’ एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इ–मेल गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ । एयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्याण्डमा जाँदै छ । यो समूह यसअघि गएका १ हजार ७०० सिपाहीसँग सम्मिलित हुनेछन् ।
अस्टिनले जर्मनीमा अर्डर गरेको १८ औं एयरबोर्न कोर्प्स मुख्यालय ३ हजार सदस्यहरू पनि देशमा आइपुगेका छन् । ’५ हजार अतिरिक्त मोबाइल र फ्लेग्जिबल कर्मचारीहरू तैनाथ गरेर पेन्टागनले नाटो सहयोगीलाई गठबन्धनको पूर्वी भागविरुद्ध सम्भावित आक्रमणलाई रोक्नको लागि आफ्नो प्रतिबद्धतामा आश्वस्त पार्छ’, विज्ञप्तिमा थपिएको छ ।
यसैबीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रबार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको सङ्केत भएको बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


