एजेन्सी, २९ माघ । रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले फेरि चेतावनी दिएको छ । अमेरिकाले युक्रेनमा रहेका आफ्ना नागरिकहरूलाई आगामी ४८ घण्टाभित्र युक्रेन छोड्न आदेश दिएको हो ।

अन्य धेरै देशहरूले पनि आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् । जसमा बेलायत, क्यानडा, नेदरल्याण्ड, लाटभिया, जापान र दक्षिण कोरिया पर्छन् ।

रुसले युक्रेनी सीमामा एक लाख सेना तैनाथ गरेको छ । यद्यपि आक्रमण गर्ने योजनालाई भने उसले बारम्बार अस्वीकार गर्दै आइरहेको छ ।

रुसको विदेश मन्त्रालयले पश्चिमा देशहरूले गलत सूचना फैलाएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसी सेनाले कुनै पनि ठूलो सैन्य कारबाही गर्न सक्ने स्थितिमा पुगेको बताए