मनीष डाँगी गम्भीर घाइते

काठमाडौं, २९ माघ । मच्छिन्द्र फुटबल क्लबका मिडफिल्डर मनीष डाँगी गम्भीर घाइते भएका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलका क्रममा मनीष च्यासल युथ क्लबका केच यानिकसँग टाउको ठोक्किएर घाइते भएका हुन् ।
६५ औँ मिनेटमा हेडिङ गर्ने क्रममा मनीष र केचको टाउको ठोक्किएको थियो । यानिकसँग ठोक्किएपछि उनी भुइँमा ललेर अचेत भएका थिए । तत्कालै रेफ्री श्याम दनुवार एम्बुलेन्स बोलाएका थिए ।
मैदानमा उनलाई सीपीआर दिएर प्राथमिक उपचार गरिएको थियो । त्यसपछि मैदानबाट एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


