पेरुमा बस दुर्घटना हुँदा २० को मृत्यु, ३३ जना घाइते

एजेन्सी, २८ माघ । पेरुमा एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
क्षेत्रीय स्वास्थ्य विभागका अनुसार उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा उक्त दुर्घटना भएको हो ।
टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाइएको छ । रिपोर्टका अनुसार पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको थियो ।
नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए, जसलाई तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो ।
राष्ट्रिय प्रहरी र सरकारी वकिलको कार्यालयका कर्मचारीले शव हटाउने र अनुसन्धान शुरु गर्ने जिम्मा लिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


