शुक्रबार १ हजार १२८ नयाँ संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं, २८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १२८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ जनाको पीसीआर परीक्षण गर्दा ६६६ र ३ हजार ५४२ नमूनाको एन्टिजेन परीक्षण गर्दा ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर हालसम्म ११ लाख ९ हजार ११४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । देशभर मृतकको संख्या ११ हजार ८७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


