फागुन १ गतेदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने

काठमाडौं, २८ माघ । सरकारले फागुन १ गतेदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ ।
सरकारले १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज दिन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएका हुन् ।
‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ, फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ,’ उनले भने ।
शुरुवातमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने मन्त्री खतिवडाले बताए । त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


