युएई र आयरल्याण्डबीचको खेल स्थगित

एजेन्सी, २८ माघ । शुक्रबारदेखि सुरु हुन लागेको चार देशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत युएई र आयरल्याण्डबीचको खेल स्थगित भएको छ ।
आयरल्याण्डका खेलाडीको खेल सामग्रीसहितको लगेज समयमै नआएका कारण खेल स्थगित भएको हो ।
आयरल्याण्ड र युएईबीचको सो खेल ओमानको अल अमरेत क्रिकेट मैदानमा बिहान ११ः४५ बजे सुरु हुने तालिका थियो ।
अब यी दुई टोलीबीचको स्थगित खेल आइतबार हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


