‘द ग्रेट खली’ भाजपा प्रवेश

एजेन्सी, २७ माघ । ‘द ग्रेट खली’ भनेर चिनिने दलीप सिंह राणा भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् ।
एक दशक डब्लुडब्लुई अर्थात् वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टमा बिताएपछि खलीले भाजपा प्रवेश गरेका हुन् । उनले डब्लुडब्लुडब्लुईबाट भने सन्यास लिइसकेका छन् ।
भाजपामा प्रवेश गरेपछि खलीले भने, ‘भाजपामा सामेल हुन पाउँदा खुसी छु । मलाई लाग्छ कि प्रधानमन्त्री मोदीले देशको लागि गरेको कामले उहाँलाई सही प्रधानमन्त्री बनाउँछ । त्यसैले देशको विकासका लागि म पनि उहाँको शासनको हिस्सा किन नबन्नु भन्ने सोचेँ । भाजपाको राष्ट्रिय नीतिबाट प्रभावित भएर म पार्टीमा आबद्ध भएको हुँ ।’
खलीले कुस्ती सिकाउन जालन्धरमा एकेडेमी पनि खोलेका छन् ।
साढे सात फिट लम्बाई र दुई सय किलो तौल भएका ग्रेट खली रियालिटी सो बिग बोसमा पनि सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


