काठमाडौं, २७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ र ३ हजार नमूनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म ११ लाख ७ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २९ हजार ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।