फिफा वरीयतामा नेपाल दुई स्थान माथि

काठमाडौं, २७ माघ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार फेब्रुअरी महिनाका लागि सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औँ स्थानमा उक्लिएको हो ।
अघिल्लो वरीयतामा नेपाल १६९ औँ स्थानमा थियो ।
नेपालले यसै महिना मोरिससविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको थियो ।
माघ १५ र १८ गते भएको खेलमा नेपालले समान १–० को जित हात पारेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ ।
नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १०४ तथा माल्दिभ्स १५७ औँ स्थानमा छन् ।
नेपालभन्दा तल बंगलादेश १८६, भुटान १८५, पाकिस्तान १९७ र श्रीलंका २०४ औँ स्थानमा छन् ।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड इटाली, स्पेन, पोर्चुगल , डेनमार्क नवौं र नेदरल्यान्ड्स दोस्रो देखि १० औँ स्थानमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


