त्रिविका कलेजहरूमा फागुन १ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन हुने

काठमाडौं, २७ माघ । त्रिभुवन विश्वविद्यालयका कलेजहरूमा फागुन १ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन हुने भएको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण दर बढेको भन्दै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षा र पठनपाठन स्थगित गरेको थियो ।
त्रिवि रजिस्ट्रार कार्यालयले आज एक सूचना जारी गर्दै पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।
स्थानीय निकायसँग समन्वय गरी तोकिएका मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादन हुने परिषद्ले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


