बुधबार २ हजार ४०१ नयाँ संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


