एजेन्सी, २६ माघ । वेस्ट इन्डिजविरुद्ध तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्डले आफ्नो टोली घोषणा गरेको छ ।

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले महत्वपूर्ण खेलाडीलाई बाहिर राख्दै जो रुटको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

वेस्ट इन्डिज जाने टोलीमा एसेज सिरिज खेलेका जेम्स एन्डरसन, स्टुआर्ट ब्रोड, डेविड मलान, साम विलिङस, जोस बटलरजस्ता खेलाडी समावेश छैनन् ।

सविक महमुद, म्याथ्यु फिसर, एलेक्स लिस, बेन फोक्स र म्याट पार्किन्सनले टोलीमा मौका पाएका छन् ।

टेस्ट सिरिज मार्च १ देखि सुरु हुनेछ ।