एजेन्सी, २६ माघ । मंगोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा बाढीपछिको पहिरोमा परी १४ जनाको मृत्यु भएको छ ।

कोलम्बियाको प्रकोप नियन्त्रण विभागका अनुसार उक्त क्षेत्रमा केही दिन यतादेखि जारी रहेको वर्षाका कारण बाढी आएको थियो ।

पहिरोमा परी ३० जना स्थानीय घाइते भएका छन् । उनीहरूलाई अस्पताल पु¥याउन पहिरोले बाटो बिग्रिएकाले निकै कठिन भएको बताइएको छ ।

त्यस्तै, पहिरोमा परेर केही नागरिक अझै पनि हराइरहेका छन् । उनीहरूको खोजीका लागि सुरक्षा तथा उद्धारकर्मी परिचालन गरिएको छ ।

भारी मात्रामा पानी पर्ने क्रम जारी नै रहेकाले अझै पनि प्रकोपको खतरा रहेको बताइएको छ । यहाँको प्रकोप नियन्त्रण विभागले नागरिकहरूलाई सतर्क रहन र घरबाट बाहिर ननिस्किन सूचना पनि जारी गरेको समाचारमा जनाइएको छ ।