ओमिक्रोन भेरियन्ट आएपछि विश्वभर ५ लाखको मृत्यु

एजेन्सी, २६ माघ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ मानिसको सबैभन्दा ठूलो शत्रु बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमिक्रोनलाई गत नोभेम्बरमा क्रिटिकल भेरियन्ट घोषणा गरेको थियो ।
डब्लुएचओका अनुसार ओमिक्रोन भेरियन्ट आएपछि विश्वभर ५ लाखको मृत्यु भइसकेको छ भने अहिलेसम्म १३ करोड मानिस संक्रमित भएका छन् ।
सुरुदेखि नै अत्यधिक संक्रामक भएको ओमिक्रोन अझै पनि संसारभर सक्रिय छ । डेल्टा भेरियन्टको तुलनामा यसले नेपालमा खासै नोक्सान पु¥याएको छैन, तर विश्वभरका घटनालाई हेर्दा यसबाट पीडित हुनेको संख्या धेरै छ ।
डब्ल्यूएचओका एक अधिकारी अब्दी महमुदले ओमिक्रोन अहिले डेल्टाको रूप बनेको बताए ।
संक्रमित व्यक्तिमा कम गम्भीर स्वास्थ्य समस्या देखिए पनि भ्याक्सिन आविष्कार भइसकेपछि पनि पाँच लाख मानिसको मृत्यु हुनु दुःखद् कुरा रहेको उनको भनाइ छ ।
डब्ल्यूएचओकी अर्का अधिकारी मारिया भान केरखोभले ओमिक्रोन संक्रमित हुनेको संख्या आश्चर्यजनक रहेको बताइन् ।
उनका अनुसार यसको संक्रमण अघिल्लो भेरियन्टकै बराबरमा भइरहेको देखिन्छ । यद्यपि अझै पनि केही देशमा यस भेरियन्टको संक्रमण पिक आउन बाँकी नै छ ।
केही सातादेखि ओमिक्रोन भेरियन्टबाट मर्नेहरूको संख्या वृद्धि भइरहेकोमा उनले चिन्ता व्यक्त गरिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


