पर्सा, २६ माघ । कोरोना संक्रमणबाट मधेस प्रदेशमा १२ वर्षीय एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको धोबिनी गाउँपालिका–४ का १२ वर्षीय एक बालक रहेका छन् ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारको क्रममा रहेका कोरोना संक्रमित बालकको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

गत माघ १६ गते रेफर भएर नारायणी अस्पतालमा भर्ना भएका ती बालकमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।