भारतमा संक्रमणदर दिनहुँ ओरालो लागेपनि मृतकको संख्यामा भने कमी आएन्

एजेन्सी, २५ माघ । भारतमा कोरोना संक्रमणदर दिनहुँ ओरालो लागेपनि मृतकको संख्यामा भने कमी आउन सकेको छैन ।
आइतबार ९९५ संक्रमितले ज्यान गुमाएको भारतमा पछिल्लो २४ घण्टामा भने १ हजार १८८ जनाको मृत्यु भएको छ ।
योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ४ हजार पुगेको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या १६ हजार कम हो ।
आइतबार भारतमा ८३ हजार ८७६ जना संक्रमित भेटिँदा १ लाख ९९ हजार व्यक्ति संक्रमणमुक्त भएका थिए । गत २४ घण्टामा १ लाख ८० हजार ४५६ व्यक्ति उपचारपछि निको भएका छन् ।
योसँगै भारतमा कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८ लाख नाघेको छ । हाल त्यहाँ ९ लाख ८५ हजार सक्रिय संक्रमित छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


