शीतकालीन ओलम्पिकमा सहभागी ३२ खेलाडी कोरोना संक्रमित

एजेन्सी, २५ माघ । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा मंगलबारसम्म सहभागी ३२ खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
आयोजक चीनका अनुसार कोरोना संक्रमण देखिएपछि ३२ जनालाई आइसोलेसनमा राखिएको छ ।
‘हामी हाम्रो क्षमताले सकेसम्म सबैलाई सुरक्षित रूपमा आइसोलेसनमा राख्नेछौंँ’, बेइजिङ ओलम्पिकका मेडिकल प्यानलका प्रमुख ब्रेन म्याकक्लोस्कीले भने ।
उनले हालसम्म ५० खेलाडी डिस्चार्ज भइसकेका र आइसोलेसनमा रहेका अधिकांशको अवस्था सामान्य रहेको र स्वास्थ्य उपचारको आवश्यकता नपर्ने बताए ।
खेलाडीहरूको दैनिक कोभिड परिक्षण भइरहेको छ र पोजेटिभ रिर्पोट आउनेलाई आइसोलेसनमा राख्ने गरिएको छ ।
आइसोलेसनमा रहेका खेलाडीहरूले स्वच्छ खाना नपाएको, कोठामा सफाइको कमी भएको तथा अभ्यास सामग्रीको कमी भएको गुनासो आइरहेको छ ।
शीतकालीन ओलम्पिकका लागि बाहिरबाट १२ हजार ८०० मानिस आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


