शिक्षक सेवा आयोग : १७ हजार २३३ शिक्षक पदका लागि २ लाख ४० हजार ४५२ जनाको आवेदन

काठमाडौं, २५ माघ । शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि २ लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ ।
विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
उनका अनुसार आयोगले १ हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको तर ३५ हजार ५४५ जनाले मात्रैले फारम दस्तुर बुझाएका छन् ।
यस्तै निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जनाले आवेदन दिएको मध्ये ८५ हजार ६५३ जनाले फारमको रकम बुझाएका छन् ।
प्राथमिक तहको १३ हजार ९३ पदको लागि भएको विज्ञापनमा १ लाख १५ हजार ३५१ जनाले आवेदन दिएका छन् भने १ लाख १३ हजार ३८७ जनाले फारम भरेको रकम बुझाएको आयोगले जनाएको छ ।
आयोगले मंसिर २९ अनुसार माध्यामिक तहको विज्ञापन गरी माघ ८ सम्म आधारभूत तहमा १७ गतेसम्म र प्राविका लागि २२ गतेसम्म फारम भर्ने समयसीमा तोकेको थियो ।
आयोगको अनुसार मावि तहका शिक्षण सेवाका लागि १ लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन् । निमाविमा तहको शिक्षण सेवाका लागि ३ लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि २ लाख २ हजार ७१२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


