स्थानीय निर्वाचनका लागि जनमत पार्टीका अध्यक्ष सीके राउतले मागे उम्मेदवारको नाम

जनकपुरधाम, २५ माघ । सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटेका छन् ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समेत आगामी निर्वाचनका लागि तयारी थालेको हो ।
पर्टी अध्यक्ष डा. सीके राउतले उम्मेदवार सिफारिश/स्वघोषणा पठाउन परिपत्रमार्फत अनुरोध गरेका छन् । अध्यक्ष राउतले मंगलबार मातहतका कमिटीहरूमा एक परिपत्र गर्दै यस्तो आग्रह गरेका हुन् ।
प्रिपत्रमा नेपाल सरकारबाट २०७९ बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदबारहरूको नाम सिफारिश गरी केन्द्रिय सचिवालयमा पठाउन अनुरोध गरिएको छ ।
‘याद रहोस्, यो केवल सिफारिस हुनेछ, अन्तिम निर्णय होइन’, उनले भनेका छन्, ‘अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसलाई मूल्याङ्कन गरेर गर्नेछ ।’
अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिशहरूलाई मूल्याङ्कन गरेर गर्ने जनाइएको छ ।
जनमतले जिल्ला कार्यकारिणी समितिहरुले आगामी फागुन ५ गतेसम्ममा उम्मेदवारहरूको नाम सिफारिस गरिसक्न भनेको छ भने वडा÷पालिका कार्यकारिणी समितिहरुले फागुन १५ गतेसम्म सिफारिस पठाउन सक्ने परिपत्रमा उल्लेख छ ।
त्यस्तै, कवरेज/मजबूत अभियानका पर्यवेक्षकले सिफारिश पठाउने अन्तिम मिति फागुन ५ गतेका लागि निर्धारण गरिएको छ ।
विभिन्न समितिहरूको सिफारिशको अलावा उम्मेदबारहरूले आफ्नो उम्मेदबारीको स्वघोषणा समेत गरेर सोही फारममा पठाउन सक्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


