पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा ५ जना पाकिस्तानी सैनिकको हत्या

एजेन्सी, २४ माघ । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा ५ जना पाकिस्तानी सैनिकको हत्या भएको छ ।
पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी ५ जना पाकिस्तानी सैनिक मारिएको बताइएको छ ।
अफगानिस्तानतर्फबाट आतंककारीहरूले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेको बताइएको छ । पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिका अनुसार अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।
पाकिस्तानले आतंकवादीहरूले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति जनाएको छ ।
साथै, पाकिस्तानी सेनाको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो संख्यामा आतंककारीहरू पनि मारिएको बताइएको छ ।
–सिन्ह्वा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


